राजनीति

आर्जुलाई चुनाव हराउन पुष्कर ओझा स्वतन्त्र उठ्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी। कैलाली क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचन लड्ने तयारी गरिरहेकी काँग्रेस नेतृ आर्जु राणा देउवालाई हराउन मुख्य चुनौतीका रूपमा रहेका पुष्करनाथ ओझा स्वतन्त्र उठ्ने आन्तरिक तयारी गरिरहेका छन् ।

अघिल्लो निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै दुई वर्षअघि काँग्रेस केन्द्रीय समितिले ओझालाई पार्टीबाट निष्कासित गरेको थियो । ५ वर्षका लागि निष्कासनमा परेका ओझामाथिको कारबाही अझै फुकुवा भएको छैन । 

बिज्ञापन

२०७० सालमा भएको उपनिर्वाचनमा यस क्षेत्रबाट ओझाले जितेका थिए । तर २०७४ सालको निर्वाचनमा कैलाली–५ बाट देउवा पत्नी आरजु राणा देउवाले टिकट पाइन् । पुनः चुनाव लड्न चाहेका ओझालाई उक्त कुरा चित्त नबुझेपछि उनले राणालाई असहयोग गरेका थिए । 

परिणाम स्वरूप अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् । 

त्यस बेला एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् ।

यस पटक भने निर्वाचनमा काँग्रेसले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा होमिएको छ । स्थानीय निर्वाचनमा पनि यस क्षेत्रमा काँग्रेसको पकड बलियो देखिएकाले राणाले पुनः यसै क्षेत्रबाट उठ्ने तयारी गरिरहेकी छिन् ।

आर्जु स्वयमले पनि यसअघि सार्वजनिक कार्यक्रममा ‘पार्टीले उपर्युक्त ठानेमा आफू यसै क्षेत्रबाट उठ्ने’ उद्घोष गरिसकेकी छिन् । पार्टीका जिल्ला नेतृत्वलाई पनि आर्जुको पक्षमा माहौल बनाउन प्रत्यक्ष अप्रत्यक्ष लबिङ हुन थालिसकेका छन् ।

राणाले चुनावमा लड्ने आन्तरिक तयारी गरिरहँदा काँग्रेसका पुराना तथा यस क्षेत्रमा प्रभावशाली मानिएका नेता ओझाले स्वतन्त्र चुनाव लड्ने मनस्थिति बनाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।