राष्ट्रिय समाचार

रत्नपार्कमा सब–वेमाथिको अवैध संरचना भत्काइयो, अण्डर ग्राउण्डका पसल हटाइयो

बिज्ञापन

काठमाडौं महानगरले आइतवार रत्नपार्क क्षेत्रमा निर्माण गरिएका अवैध संरचनाहरू हटाएको छ । महानगरपालिकाले रत्नपार्कको ‘सब वे’ माथिको अवैध संरचना हटाएको हो । 

बिज्ञापन

नगर प्रहरीले भोटाहिटी–रत्नपाकर्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काएका हुन् । सब–वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना हाते औजारले भत्काइएको नगरप्रहरीले जनाएको छ । उक्त संरचना हटाउनु अघि रत्नपार्क–भोटाहिटी अन्डरग्राउण्डका पसलहरू हटाइएको थियो । 

काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिरहेको छ । महानगरपालिकाले नक्सा पास नगरी बनाइएका संरचना र बेसमेन्टमा पार्किङ नराखी अन्य प्रयोजनाका लागि प्रयोग गरिएका संरचनाहरू खाली गराउन थालेको हो । 

महानगरपालिकाले न्युरोड, नयाँबानेश्वर, बालाजु, कोटेश्वरलगायतका क्षेत्रका अवैध संरचनाहरू हटाइसकेको छ । 

बिज्ञापन