पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
लोक कल्याणकारी विज्ञापन

काठमाडौं– जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि लागु हुनेगरी पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा प्रतिबन्ध लगाएको छ । प्रशासनले तीजको अवसर पारेर सार्वजनिक सूचनामार्फत यस्तो प्रतिबन्ध लगाएको हो ।
सूचनामा सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने उल्लेख छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
