राजनीति

एकिकृत समाजबादीको तर्फबाट टीकापुर क्षेत्र नं. १ बाट भैरव रावल लड्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । एकिकृत समाजबादीको तर्फबाट टीकापुर क्षेत्र नं. १ बाट भैरव रावल लड्ने भएका छन् । सबै क्षेत्रमा उम्मेदवार तय गर्ने र पछि गठबन्धनमा अधिकतम क्षेत्रमा सहमति गर्ने एकीकृत समाजवादीको रणनीति रहेको बुझिएको छ । एकीकृत समाजवादीले कैलाली १ बाट जिल्ला अध्यक्ष भैरव रावल, कैलाली ४ बाट प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, डोटीबाट पूर्वमन्त्री प्रेम आले, बझाङबाट पूर्वमन्त्री भानुभक्त जोशी, अछाम १ बाट हालका श्रम रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवर र अछाम क्षेत्र नम्बर २ बाट जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रम अघि बढेको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिमका १६ वटै प्रतिनिधिसभा र ३२ वटै प्रदेशसभामात्र होइन समानुपातिक सांसदहरूको पनि नाम टुङ्गो लगाइरहेको छ । उसले कैलालीसहित केही जिल्लामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

बिज्ञापन

यी क्षेत्रको प्रतिनिधिसभामा सर्वसम्मत नाम जिल्ला पार्टीले सिफारिस गरेको हो । डडेल्धुरामा पनि प्रतिनिधिसभाको लागि नीरादेवी जैरुलगायतको नाम सिफारिस गरिएको छ । यहाँको प्रदेशसभाको लागि डा तारा जोशीको नाम सिफारिस गरिएको छ ।

‘जिल्लाजिल्लाबाट नाम सिफारिस गर्ने क्रम जारी छ । केही जिल्लाबाट नाम आएको छ । केहीको बाँकी छ’, एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले भने, ‘सबै जिल्लाबाट केही दिनमा नाम आउँछ ।’

सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरे पनि यहाँ नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ चार क्षेत्रमा जोड दिएको छ ।

बझाङ र डोटीमामा पूर्वमन्त्री भानुभक्त जोशी र प्रेम आले एकीकृत समाजवादीबाट पहिलो प्राथमिकतामा छन् । त्यस्तै अछाम १ बाट हालका संघीयमन्त्री शेरबहादुर कुँवर र कैलाली ४ बाट प्रदेशमन्त्री दीर्घ सोडारी प्राथमिकतामा छन् ।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये एकीकृत समाजवादीले दुई पालिकामा मात्रै प्रमुख जितेको थियो । सत्ता गठबन्धन हुँदा पनि दुई पालिका प्रमुखमात्रै जितको कारण अहिले भागबन्डामा केही समस्या भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पहिलो शक्ति हो । तर, स्थानीय तहको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ चार क्षेत्र पनि पाउन सकस रहेको उनीहरुको बुझाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।