आस्था /आध्यात्म

तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिक रूपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

हरितालिका तीजका अवसरमा मंगलवार शुभकामना दिँदै उनले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गरे ।

लोक कल्याणकारी विज्ञापन

उनले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गरे । विज्ञानको क्षेत्रमा भएका नयाँ–नयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका छन् ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन