अर्थ

दशैं र तिहारलाई भदौ २६ बाट नयाँ नोट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैं, तिहारलाई लक्षित गर्दै भदौ २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार भदौ २६ देखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउन लागिएको हो ।

बिज्ञापन

बैंकले भदौ २० गतेपछि मात्र कहाँबाट नयाँ नोट साट्न पाइने भनेर सूचना निकाल्नेछ । उसले सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने जनाएको छ ।

बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।