सुदूरपश्चिम प्रदेश

बाजुराकी एक महिला सुर्खेतबाट बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा। बाजुराकी एक महिला बेपत्ता भएकी छिन् । बाजुराको जगन्नाथ गाउँपालिका ६ कि २६ वर्षीय निर्मला सार्की बेपत्ता भएकी हुन् । बेपत्ता सार्की र उनका श्रीमान सुर्खेतमा कोठा भाडामा बस्दै आएका थिए । श्रीमान कपडा बेच्न गाउँतिर निस्केका बेला २०७९ साल भाद्र ११ गते दिउँसो ३ बजे बजार जान्छु भनेर हिडेकी निर्मला सार्की ४ दिन बितिसक्दा पनि सम्पर्कमा नआएको उनका कान्छा ससुरा फागुने सार्किले बताए ।

बेपत्ता सार्कीको खोजी कार्यका लागि जिल्ला प्रहरीकार्यालय सुर्खेतमा निवेदन दिईसकेको उनले बताएका छन् । बेपत्ता निर्मला सार्कीको सबैले खोजी कार्यकालागी सहयोग गरिदिन हुन उनका आफन्तले अनुरोध गरेका छन । निर्मलालाई यदि कोहि कसैले कतै भेटेपछि मोबाईल नम्बर ९८६०९८९२५२ र ९८४९६३३६६३ मा फोन गरि सहयोग गरिदिनहुन आफन्तले आग्रह गरेका छन ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।