Sudur Pradesh News

बाजुराकी एक महिला सुर्खेतबाट बेपत्ता

बिज्ञापन

बाजुरा। बाजुराकी एक महिला बेपत्ता भएकी छिन् । बाजुराको जगन्नाथ गाउँपालिका ६ कि २६ वर्षीय निर्मला सार्की बेपत्ता भएकी हुन् । बेपत्ता सार्की र उनका श्रीमान सुर्खेतमा कोठा भाडामा बस्दै आएका थिए । श्रीमान कपडा बेच्न गाउँतिर निस्केका बेला २०७९ साल भाद्र ११ गते दिउँसो ३ बजे बजार जान्छु भनेर हिडेकी निर्मला सार्की ४ दिन बितिसक्दा पनि सम्पर्कमा नआएको उनका कान्छा ससुरा फागुने सार्किले बताए ।

बिज्ञापन

बेपत्ता सार्कीको खोजी कार्यका लागि जिल्ला प्रहरीकार्यालय सुर्खेतमा निवेदन दिईसकेको उनले बताएका छन् । बेपत्ता निर्मला सार्कीको सबैले खोजी कार्यकालागी सहयोग गरिदिन हुन उनका आफन्तले अनुरोध गरेका छन । निर्मलालाई यदि कोहि कसैले कतै भेटेपछि मोबाईल नम्बर ९८६०९८९२५२ र ९८४९६३३६६३ मा फोन गरि सहयोग गरिदिनहुन आफन्तले आग्रह गरेका छन ।

बिज्ञापन