कृषि

सरकारी अनुदानको मलमा कालोबजारी, कृषि सहकारीका सञ्चालक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारामा कालोबजारी गर्नको लागि स्टोर गरेर राखेको २०९ बोरा मलसहसहित कृषि सहकारीका सञ्चालक  पक्राउ परेका छन्।

कलैया उपमहानगरपालिका–२३ कोइरिया टोल बस्ने सोही ठाउँस्थित कुश कृषि सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

बिज्ञापन

उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सहकारी संस्था तलासी गर्दा डीएपी मल ११८ बोरा र खुल्ला २७ किलोग्राम, युरिया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला पारी उनलाई पक्राउ गरेको हो।

उनीमाथि कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति लिएर थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।