घटना

भन्सार छलेर ल्याएको ३७ लाखको मोटरर्पाट्ससहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मोरङ प्रहरीले भारतबाट भन्सार छली गरी ल्याएको करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको मोटरपार्ट्स बरामद गरेको छ।

मंगलबार राति ८ः३० बजे विराटनगर महानगरपालिका–१२, रोडशेष चोकमा भारतबाट भन्सार छली गरी बीआर ७के १७२४ नम्बरको ट्र्याक्टरमा लोड गरेर ल्याइएको उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

बिज्ञापन

ट्र्याक्टरका चालक भारत अररिया बस्ने ३० वर्षका तलुवा मुर्मूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद सामान र ट्र्याटरसहित पक्राउ परेका मुमूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको डीएसपी श्रेष्ठले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।