चुनावका खटिने प्रहरीलाई दुई हप्तासम्मको भत्ता

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् ।
कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको तथा अर्काे जिल्लामा खटिनेलाई दुई हप्ताको भत्ता दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ । उनीहरुले एक दिनको तलब बराबरको भत्ता पाउनेछन् ।

यस्तो भत्ता सशस्त्र प्रहरीले पनि पाउनेछन् ।निर्वाचनमा नेपाल प्रहरीबाट ७२ हजार तथा सशस्त्रबाट करिब ३० हजार खटिदैछन् ।
निर्वाचन आयोगका कर्मचारीले चुनाव घोषणा भएकै दिनदेखि दोब्बर भत्ता बुझ्दै आएका छन् । तर, निर्वाचनमा २० घन्टासम्म खटिने प्रहरीलाई भने एक महिनाको मात्र भत्ता दिइएको छैन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
