घटना समाचार

भन्सार छलेर ल्याएको ३७ लाखको मोटरर्पाट्ससहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

बिज्ञापन

मोरङ प्रहरीले भारतबाट भन्सार छली गरी ल्याएको करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको मोटरपार्ट्स बरामद गरेको छ।

बिज्ञापन

मंगलबार राति ८ः३० बजे विराटनगर महानगरपालिका–१२, रोडशेष चोकमा भारतबाट भन्सार छली गरी बीआर ७के १७२४ नम्बरको ट्र्याक्टरमा लोड गरेर ल्याइएको उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

ट्र्याक्टरका चालक भारत अररिया बस्ने ३० वर्षका तलुवा मुर्मूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद सामान र ट्र्याटरसहित पक्राउ परेका मुमूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको डीएसपी श्रेष्ठले बताए।

बिज्ञापन