राष्ट्रिय समाचार

चुनावका खटिने प्रहरीलाई दुई हप्तासम्मको भत्ता

बिज्ञापन

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् ।

बिज्ञापन

कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको तथा अर्काे जिल्लामा खटिनेलाई दुई हप्ताको भत्ता दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ । उनीहरुले एक दिनको तलब बराबरको भत्ता पाउनेछन् ।

यस्तो भत्ता सशस्त्र प्रहरीले पनि पाउनेछन् ।निर्वाचनमा नेपाल प्रहरीबाट ७२ हजार तथा सशस्त्रबाट करिब ३० हजार खटिदैछन् ।

निर्वाचन आयोगका कर्मचारीले चुनाव घोषणा भएकै दिनदेखि दोब्बर भत्ता बुझ्दै आएका छन् । तर, निर्वाचनमा २० घन्टासम्म खटिने प्रहरीलाई भने एक महिनाको मात्र भत्ता दिइएको छैन ।

बिज्ञापन