आस्था /आध्यात्म

टीकापुरमा पहिलोपटक गणेश भगवानकाे मुर्ति स्थापना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुदिप बि.क टीकापुर गणेश चतुर्थी ब्रतकाे अवसरमा कैलालीको टीकापुर नगरपालिका वडा न २ स्थित माथिल्लो राजिपुरमा बुधबार राजिपुर युवा क्लबले गणेश भगवानकाे मुर्ति स्थापना गरेका छन ।

समुदायमा सामाजिक सद्भाव र आत्मियता बढाउन पहिलो पटक श्री गणेश भगवानकाे मुर्ति स्थापना गरिएकाे मुर्ति स्थापना समितिका सँयाेजक मनाेज तिरुवाले जानकारी दिए ।

बिज्ञापन

टीकापुर नगरपालिका वडा न २ का वडा अध्यक्ष दिपक चाैधरी,समाजसेवी लगायत बुद्धिजीवीहरु लगायतकाे सहभागीता रहेकाे थियाे ।

छिमकी देश भारतमा हिन्दुधर्ममा भगवान गणेशकाे जन्मोत्सवकाे अवसरमा धुम-धाम सँग गणेश चतुर्थी बनाउने गरिन्छ भने साेहि दिन नेपालका बिभिन्न ठाउँमा पनि भगवान श्री गणेशकाे मुर्ति स्थापनागरी धुमधाम सँग पुजा-आरधाना गर्ने चलन छ ।

तिनदिन सम्म पुजा-आरधाना हुने र शुक्रबार कर्णाली नदिमा भगवान श्री गणेशकाे मुर्ति बिसर्जन गरिने भएकाले सम्पुर्ण पुजा,आरधना गर्ने भक्तजनहरुलाई उपस्थितिका लागी राजिपुर युवा क्लबका अध्यक्ष देबेन्द्र टमट्टाले उपस्थिति हुन आग्रह गरेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।