प्रवासमनोरञ्न

गुजरातको गुन्जन हल गुन्जियो प्रवासी नेपालीका तिज गितले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टेक रावल भिजन “गुजरात प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने वापी नगर समिति र दमन नगर समितिको सम्मेलन घोषणा सभा तथा महिलाहरुको महान पर्व हरितालिका तिज कार्यक्रम कनाडा हल गुन्जन वापीमा सभ्य सहित भब्य रुपमा सम्पन्न भएको छ।

हरि महर को अध्यक्षता,दिपक रावत को संचालनमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा गुजरात राज्य समितिका इन्चार्ज टेक रावल “भीजन” रहेका थिए। अन्य अतिथिहरुमा प्रवावासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य कमल धामी, संघकै केन्द्रिय सदस्य तथा गुजरात राज्य समितिका कोषाध्यक्ष तेज रैकाल,प्रवासी नेपाली संघ भारत गुजरात राज्य समितिका उपाध्यक्ष सोमराज बडाहित,सह कोषाध्यक्ष रुप बहादुर साउद,राज्यकै सदस्य नृप साउद,साविक गाविस बाब्लाका पूर्व अध्यक्ष राईसिंह बटाला,सुदुरपश्चिम युवा कल्बका चन्द्र नेपाली अशोक, वापी टुर एण्ड ट्राभलका संचालक टंक बुढा,बलराम पुरी (बिशाल) र लता रैकाल रहेका थिए। प्रकाश ओड ले स्वागत मन्तव्य गरेका थिए भने भावना बिष्ट र प्रकाश ओड ले गित मार्फत स्वागत गरे।

बिज्ञापन

प्रमुख अतिथि भीजन ले नवनिर्वाचित वापी र दमन नगर समितिको नामवली घोषणा गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। अध्यक्ष सोमराज बडाहित उपाध्यक्ष दान बहादुर बिष्ट,सचिव दिपक रावत,कोषाध्यक्ष चन्द्र नेपाली र सहसचिव प्रकाश नेपाली बाजुरा पदाधिकारी रहने गरि २७ सदस्यीय वापी नगर समिति निर्वाचित भएको छ, भने राईसिंह बटाला प्रमुख सल्लाहकार र चक्र विष्ट सदस्य रहने गरि सल्लाहकार समिति निर्माण गरिएको छ।

त्यसै गरि अध्यक्ष नृप साउद,उपाध्यक्ष रुप बहादुर साउद,सचिव उज्वल साउद,कोषाध्यक्ष रुपा साउद र सहसचिव नवराज खत्री पदाधिकारी रहने गरि १९ सदस्यीय दमन नगर समिति निर्वाचित भएको छ, भने गोबिन्द ठकुल्ला प्रमुख सल्लाहकार, कृष्ण ठकुल्ला,लोग बहादुर साउद र प्रेम सोनी सल्लाहकार सदस्य रहने गरि सल्लाहकार समिति निर्माण गरिएको छ।

सुदुरपश्चिम युवा कल्ब समिति भारत गुजरात वापी नगर समितिका १८ जना प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका छ्न। प्रवेश गर्नेहरुमा चन्द्र नेपाली ( अशोक ) , बलराम पुरी, गणेश विक,मान सिंह बुसाल,दिपक बुसाल,कृष्ण नेपाली,जय बहादुर परियार,दल बहादुर परियार,करन परियार,पुरन परियार,संजय बुसाल,गोबिन्द सार्की,रबि बुसाल,मिलन कुमाल,प्रकाश बुसाल,दिपक परियार र धिरज पुरी रहेका थिए।

प्रमुख अतिथि टेक रावल भीजन ले टिका,माला र खादा लगाई हार्दिक स्वागत गरे। प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य हरी महर को विशेष पहलमा १८ जना ले प्रवेश गरेका थिए।

सम्मेलनको घोषणा सम्पन्न पछी महिलाहरुको महान पर्व हरितालिका तिज कार्यक्रम प्रारम्भ भएको थियो। विशेष गरेर तिज सम्बन्धि गित बजायर हलमा उपस्थिति महिलाहरुले भरपुर मनोरञ्जन लिएका थिए।

तिज कार्यक्रममा प्रमुख अतिथि टेक रावल भीजन र विशिष्ट अतिथि कमल धामीले शुभकामना दिएका थिए। उक्त कार्यक्रम मा कसैले गित गायर,कसैले नृत्य प्रस्तुत गरेर निकै रमाइलो गरेर अत्यन्तै भब्य र सभ्य रुपले तिज कार्यक्रम सम्पन्न भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।