जलवायु

आज देशभर पानी पर्ने, सतर्क रहन आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आज देशभर भारी वर्ष हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भईरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ ।

बिज्ञापन

राती प्रदेश १, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भोली पनि प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा अविरल वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।