सामाजिक सञ्जालमा लेखेवापत ४५ वर्ष जेल
लोक कल्याणकारी विज्ञापन

सामाजिक सञ्जालमा लेखेको आरोपमा साउदी अरबकी एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाइएको छ । नोरा बिन्ट सिड अल क्वातानीलाई आतंकवादसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो ।
नोराले सामाजिक सञ्जालको प्रयोग गरेर सामाजिक मूल्य मान्यतालाई खल्बल्याएको आरोप लगाइएको छ । उनले सञ्जालमा साउदी नेताहरुको आलोचना गरेकी थिइन् ।
बिज्ञापन

यसअघि एक महिलालाई पनि द्वीटरमा अनावश्यक गतिविधि गरेको आरोप लगाउँदै गत अगष्टमा ३४ वर्ष जेल सजाय तोकिएको थियो । तर ती दुबै महिला हालसम्म कुनै आपराधिक घटनामा संलग्न नभएको पाइएको छ ।
–एजेन्सी
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
