राजनीति

आरजु देउवाको नाम बाँके–३ बाट सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगञ्ज – बाँके क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ।

क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं। ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर उम्मेदवार सिफारिस गरिएको हो।

बिज्ञापन

प्रत्यक्षतर्फ बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम सिफारिस गरिएको छ।

समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरिएको छ।

बाँकेमा अन्य क्षेत्रले पनि नाम पठाउन थालेका छन्। क्षेत्रले सिफारिस गरी पठाएको नामका विषयमा जिल्लामा निर्णय गरेर प्रदेशमा पठाउने पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।