राजनीति

निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्ने दावी गरे ।

बिज्ञापन

त्यस्तै, उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने बताए । थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने बताए ।

‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौं । अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं । अहिले सम्पूर्ण ध्यान त्यसमा छ’, महामन्त्री थापाले भने, ‘केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।