घटना समाचार

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

बिज्ञापन

स्याङ्जा । स्याङ्जामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या गरेको आरोपमा उनका पति ४० वर्षीय गोपाल दमाईलाई पक्राउ गरिएको हो ।

स्याङ्जाका डीएसपी रबिन्द्र खनालका अनुसार भदौ १४ मा गोपालकाे कुटपिटबाट गम्भीर घाइते भएकी मञ्जुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

पक्राउ परेका गाेपालमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

बिज्ञापन