संसद निष्क्रिय राखौँ र तलबभत्ता नलिऊँ : डा भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राख्न र तलबभत्ता नलिने/नदिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले ट्वीटरमार्फत यस्तो बताएका हुन् । तर आफूहरुले वृहत छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमित भएको उनले बताए । भट्टराईले विगतमा प्रतिनिधिसभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको यथार्थको अनुभावबाट सिकेरै यस्तो व्यवस्था गरिएको बताए ।

उनले लेखेका छन्, ‘बरू निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिउँ/नलिउँ तर राजनीतिक रिक्तता सिर्जना नगरौं ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
