अवर्गीकृत

सर्पले टोकाइबाट छोरी बितिन्, आमा सिकिस्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरमा सर्पले टोकेर एक युवतीको ज्यान गएको छ । बेदकोट नगरपालिका–१०, दैजीकी १८ वर्षीया पुष्पा दमाईको विषालु सर्पको टोकाइबाट हिजो मृत्यु भएको छ ।

घरमै सुतेका बेला सर्पले डसेर बेहोस अवस्थामा भेटिएकी उनलाई आफन्तले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बताएको छ ।

बिज्ञापन

पुष्पाको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ । गत शनिबार मृतककी ४८ वर्षीया आमा मञ्जु देवी दमाईलाई समेत घरमै सुतेको समयमा सर्पले डसेको थियो । सर्पको टोकाइबाट सिकिस्त उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।