राजनीति

धनगढीमा प्रचण्डले भने- कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढ्यो, हामीलाई ६० को वरपर

बिज्ञापन

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन् ।

बिज्ञापन

बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए । उनले दाबी आ-आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।

‘सीट संख्या सबै एकैचोटि टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ’, प्रचण्डले भने ।

सीट दाबीबारे पत्रकारको प्रश्नमा प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताए । उनले माओवादी ६० वरपर र नेकपा एस २५ सीटलाई आधार बनाएर मिलाउन लागिएको बताए ।

प्रचण्डले भने, ‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि होला ।
समाजवादीको २५ वरिपरि होला’, प्रचण्डले भने, ‘यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौं । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौं ।’

बिज्ञापन