सुदूरपश्चिम प्रदेश

धनगढीमा हाइलेक्स गाडी दुर्घटना, दुई विद्युतका पोल ढले 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीमा हाइलेक्स गाडी दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका-१ स्थित मुख्यमन्त्री कार्यालय अगाडि बाग्मती प्रदेश ०१ ०२५ च २१६६ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले बताएको हो।

लोक कल्याणकारी विज्ञापन

गाडी टायर पड्किएर अनियन्त्रित भई विद्युतका दुई ओटा पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटना हुँदा गाडीको अगाडिको भागमा क्षति भएको बताइएको छ।

लोक कल्याणकारी विज्ञापन

चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३५ वर्षीय हितेश ओझालाई भने कुनै चोटपटक नलागेको र गाडीमा उनी मात्र रहेको प्रहरीले बताएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन