सुदूरपश्चिम प्रदेश

धनगढीमा हाइलेक्स गाडी दुर्घटना, दुई विद्युतका पोल ढले 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी  धनगढीमा हाइलेक्स गाडी दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका-१ स्थित मुख्यमन्त्री कार्यालय अगाडि बाग्मती प्रदेश ०१ ०२५ च २१६६ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले बताएको हो।

गाडी टायर पड्किएर अनियन्त्रित भई विद्युतका दुई ओटा पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटना हुँदा गाडीको अगाडिको भागमा क्षति भएको बताइएको छ।

बिज्ञापन

चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३५ वर्षीय हितेश ओझालाई भने कुनै चोटपटक नलागेको र गाडीमा उनी मात्र रहेको प्रहरीले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।