अर्थ

म्याग्दीमा दशैंमा मात्रै चालिस करोड रेमिट्यान्स भित्रियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

म्याग्दी : जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीहरूले  दशैंमा मात्रै चालीस करोड बढी रेमिट्यान्स पठाएका छन्।

पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दशैंको फुलपातीको अघिल्लो दिन (षष्ठी) सम्म ४० करोड १३ लाख रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तिय संस्थाहरूले जनाएका छन्।

बिज्ञापन

विदेशमा रहेका व्यक्तिहरूले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाहरूले जनाएका छन्।

जिल्ला सदरमुकाम बेनी बजार तथा ग्रामीण क्षेत्रमा शाखा संचालन गरेका वित्तिय संस्थाहरूले दिएको जानकारी अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने रेमिट भने रोकिएको छैन्।

जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ताकपडा लगायतका अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ।

यहाँका बैंक तथा वित्तिय संस्थाहरूले सदरमुकाम बेनीबजार सहित जिल्लाका सवै ६ वटै  स्थानीय तहहरूमा शाखा संचालन गरेर सेवा प्रदान गरिरहेका छन्। पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाह कम भएको वित्तिय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ।

म्याग्दीको ६ वटै स्थानीय तहमा शाखा रहेको प्रभु वैंक, चारवटा शाखा रहेको गरिमा विकास वैंक , पश्चिम नेपाल सहकारी, धवलागिरि सहकारी,बेनीबचत तथा तथा ऋण सहकारी, लोकदिप सहकारी संस्थालगायत  एक दर्जन सहकारीले चार करोड वढी रेमिट भुक्तानी गरेको जनाएका छन्।

ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, प्रभ, कैलाश विकास बैंक,राष्ट्रिय वाणिज्य बैंक  लगाएतका बैंकहरूले पनि रेमिट भुक्तानी गरेका छन्। जिल्लाका. बैंक तथा वित्तिय संस्था बाहेक अघोषित रुपमा हुन्डीबाट समेत दशै खर्च भित्रिने भएकाले चाडपर्वमा करिब १ अर्बको हाराहारीमा रकम भित्रिएको अनुमान गरिएको छ। 

म्याग्दीमा करिब ६० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ। कतार, साउदी,युएई, दक्षिण कोरिया, जापान, भारत, मलेशिया लगायत  विभिन्न देशबाट रकम भित्रिने गरेको छ।

रेमिट्यान्सबाट आएको रकम उपभोग विलासिताका साधन खरिद र बालबालिकाको शिक्षादिक्षामा धेरै खर्च हुने गरेकाले पनि उत्पादनशिल क्षेत्रमा निकै न्यून लगानी हुने गरेको बैंक तथा वित्तिय क्षेत्रका जानकारहरू बताउँछन्।

 जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ बार्षिक ४ अर्वको हाराहारीमा रेमिटेन्स भित्रिने गरेको भएपनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ।  म्याग्दीको प्रमुख आयश्रोत नै रेमिट्यान्स रहेको छ। पछिल्लो समय रेमिट्यान्सबाट आएको रकम जिल्लाको विकासमा समेत लगानी गर्न थालिएको छ। म्याग्दीबाट करिब  ३० हजार भन्दा धेरै युवा र प्रौढहरू वैदेशिक रोजगारीमा रहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।