दैवीप्रकोप

काठमाडौको चन्द्रागिरीमा पहिरोले पुरिदा ३को मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,चन्द्रागिरी नगरपालिका २ देउराली भञ्ज्याङ् नजिकै पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पहिरोमा सिङ्गो घरनै पुरिएपछी राती दुई बजे देखी दुईवटा डोजरले लगातार खन्न सुरु गरेको भएपनि बिहान ६:१५ बजे मात्रै मृत अवस्थामा शव शव भेटिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

काठमाडौको चन्द्रागिरी नगरपालिका २ देउराली भञ्ज्याङ् एकिक ध्यान केन्द्र नजिक राती १२:४६ मा पहिरो आएर एउटा घर पुरिएपछी त्यो घरका तीन जनाको मृत्यु भएको पनि प्रहरीले जनाएको छ। पुरिएको अवस्थामा उद्दार गरेका शव हरुलाइ पोस्टमार्टमको निम्ति अस्पताल पुर्याएको छ।

चार दिन देखी परेको अविरल वर्षाका कारण मृत्यु भएका हरुको सतगत गर्न ५० हजार छुट्याइएको र थप राहतको निम्ति पहल गर्ने घटना स्थलपुगेका चन्द्रा गिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले बताए । भौगोलिक धरातल कमजोर रहेको र लगातार पानी परिरहेका कारण पहिरो गएको हुनसक्ने पनि नगर प्रमुख गिरिले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।