राजनीति

चुनावको मुखमा राजनीतिक उथलपुथल जसपा बाहिर लोसपा भित्र गंगा स्वतन्त्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ पछिल्लो समयमा नेपाली राजनीति सिद्धान्त मुखी बाट फेरिएर र सत्तामुखी भैरहेको छ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले गठबन्धन संघ भागबन्डामा असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिएको छ।

जसपाले गठबन्धन छोडेसंगै बालकोटपुगेर प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली संग भेटर संवादमा जुटेको छ।
गठबन्धन दलले १५ सिट जसपालाई दिने प्रस्ताव गरेपछि जसपाले एमालेसँग सहकार्यका लागि गृहकार्य गरेको हो। गठबन्धनमा जसपासँगै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि असन्तुष्ट छ्न

बिज्ञापन

जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को बालुवाटार प्रवेश भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु गठबन्धनसंग सम्बादको निम्ति बालुवाटार पुगेको छ ।दिनभरि बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको छ।

अर्कोतिर नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेले दाङ १ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएपछि गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

दाङ- १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । ‘मैले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छु । दाङ- १ बाट म स्वतन्त्र उम्मेदारी दिने हो,’ उनले भनिन्, ‘पार्टीले बाहिरको मान्छेलाई उम्मेदवार बनाउने भएकाले मान्दैनौं । उहाँ (शान्ता चौधरी)को क्षेत्र पनि यो भएको भए र उहाँलाई नै दिएको भए त मान्थ्यौं तर बाहिरको मान्छेलाई यहाँ उम्मेदवार बनाएपछि कसको मनले मान्छ ?’
असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने गंगा चौधरीले बताइन् ।

शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ । दाङ- २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । दाङ- १ बाट गंगासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।
गंगाले पार्टीका नेताहरूसामू आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताइन् । ‘नेताहरूलाई कति कुरा भने । भन्दाभन्दै पनि मेरो काम देखेका छैनन्, मैले आवाज उठाएको देखेका छैनन् ? पार्टीका लागि गरेको काम देखेका छैनन्,’ उनले भनिन्, ‘मेरो स्थान देखाइदिनुपर्‍यो । बस्नुस् पनि भनेका छैनन् । यो ठाउँमा राख्छु पनि भनेका छैनन् ।’

गंगा चौधरीले २०४९ सालमा एमालेको क्रियाशील सदस्यता लिएर पार्टीमा आबद्ध भएकी थिइन् । उनले २०६४ सालमा एमाले परित्याग गरी थरुहट तराई पार्टीमा लागेकी थिइन् । २०७० मा संविधानसभा सदस्य बनेकी उनी २०७४ सालको निर्वाचनअघि एमालेमै फर्किएकी थिइन् । २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी उनले अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।