अवर्गीकृत

कैलाली क्षेत्र नम्बर १मा एमालेको उम्मेद्वारी दर्ता, प्रतिनिधि सभामा तपेन्द्र रावल प्रदेश (ख) द्वारिका न्यौपाने प्रदेश( क) जसपा भगत राम चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज २३ कैलाली जिल्लाको क्षेत्र नम्बर १बाट नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएको छ।

एमालेका तर्फबाट कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा तपेन्द्र रावल र प्रदेश सभा सदस्य “प्रदेश ख” मा द्धारिकाप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
टीकापुर नगरकमिटी कार्यालयबाट गएको जुसुल नापी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो । उम्मेदवारी दर्तासंगै एमाले टीकापुरमा उत्साह छाएको छ ।

बिज्ञापन

प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि समर्थक कमला शाही चौधरी र प्रस्तावमा प्रेम वहादुर साउँद रहेका छन् । यस्तै प्रदेश सभा सदस्य द्धारिकाप्रसाद न्यौपानेको समर्थक बिजय सार्की र प्रस्ताव हरिलाल चौधरी रहेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार रावल टीकापुर नगरपालिकाका पूर्व मेयर हुन ।
यस्तै न्यौपाने एमाले जिल्ला सचिवालय सदस्य हुन् ।
विद्यार्थीकालदेखि राजनीतिकमा सक्रिय रहेका न्यौपाने टीकापुर क्षेत्रमा आशा लाग्दा र परीक्षण नभएका युवा उम्मेदवार हुन् । उनले टीकापुर बनाउने ‘ड्रीम प्राजेक्ट’ आफूसंग रहेकोले सवैलाई सूर्य चिन्हमा भोट हालि जिताउन आग्रह गरे । निर्णय क्षमता र जोखिम लिन सक्ने नेताका रुपमा पार्टी भित्र र बाहिर न्यौपाने चिनिन्छन् ।
यसपटक एमालेले “हाम्रा होइन, राम्रा र योग्य” जनप्रतिनिधि पठाउनका लागि युवा नेतालाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभा सदस्यका उम्मेदवार न्यौपानेले टीकापुर क्षेत्रलाई ‘पाइलट सिटी’को रुपमा अगाडि बढाउने योजना रहेको बताए ।
उनले ‘कर्णाली करिडोर’को निर्माण गरि टीकापुरको डुवान समस्या समाधान गर्ने र पर्यटकिय क्षेत्र बनाउने उनको भनाई रहेको छ । यस्तै टीकापुरलाई खेलकुदको राजधानी, वेरोजगारी समस्या समाधान गर्ने पनि उनको योजना रहेको छ ।

एमालेले कैलाली क्षेत्र नं. १ को प्रदेश सभा सदस्य (क)मा जनता समाजवादी पार्टी (जसपा)संग तालमेल गरेको छ । उक्त प्रदेश (क)मा भगतराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।