राजनीति

केन्द्रीय कमिटीका चार नेतासहित एमालेबाट को को भए स्वतः निष्कासन ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहसहित चारजना केन्द्रीय सदस्य पार्टीबाट निष्कासनमा परेका छन् । पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थक बस्नेहरु स्वतः निष्कासित भएका हुन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल अनुसार केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइनेछ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइनेछ ।

बिज्ञापन

रिजालका अनुसार स्थायी कमिटी सदस्य घनश्याम भुसाल,प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उनीहरु स्वतः अब एमालेको केन्द्रीय कमिटी लगायत साधारण सदस्यबाट निष्कासनमा परेका छन् ।

भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा बागी दिएका छन् भने साहले रौतहटमा३ ३ मा । उनीहरुलाई सत्ता गठबन्धनले सघाउँदैछ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने गंगा थारुले दाङ १ मा बागी दिएकी छन् ।

त्यस्तै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं ७ मा बागी दिएका छन् । यीबाहेक अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।