एथलेटिक्स: पुरूष १५ सय मिटरमा आर्मीका मुकेशलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशाला र्ट्याकमा शनिबार भएको दौडमा मुकेसले विभागीय प्रतिद्वन्दी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

रजत पदक विजेता एपीएफका अजितले ३मिनेट ५३.११सेकेण्डमा निर्धारित दुरि पूरा गरे।
पुलिसका नागेश्वर अघरि ३मिनेट ५६.५सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कास्य जित्न सफल भए ।
यसअघि महिला तर्फको १सय मिटरमा एपिएफ क्लबकी फुलमति रानमले संवरण जितिन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
