जलवायु

यस वर्षको मनसुन पाँच प्रदेशबाट पूर्णरुपमा बाहिरियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यस वर्षको मनसुन पाँच प्रदेशबाट बाहिरिएको छ ।

गत जेठ २२ गते (जुन ५) नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज अक्टोबर १५ बाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश पूर्ण रुपमा बाहिरिएको हो ।

बिज्ञापन

यस्तै मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ। नेपालको बाँकी भू-भाग  प्रदेश १ र मधेश  प्रदेशबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मिति भन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको मौसमविद्ले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।