राजनीति

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले थाले अभियान, ८ जिल्लामा संयोजक चयन

बिज्ञापन

मधेस प्रदेशमा आफू निकटका स्वतन्त्र उम्मेदवार जिताउन भन्दै प्रभु साहले अभियान थालेका छन् । त्यसका लागि ८ जिल्लामा संयोजक तोकिएको छ । 

बिज्ञापन


एमालेबाट टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका साहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशका मधेसका विभिन्न निर्वाचन क्षेत्रमा आफू निकटका नेताहरुलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए ।

 
स्वतन्त्र उम्मेदवार जिताउनका लागि भन्दै पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई संयोजक तोकिएको साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  प्रभु साहलाई एमालेले यसअघि नै कारबाही गरिसकेको छ । 

बिज्ञापन