राजनीति

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ : प्रवक्ता सापकोटा

बिज्ञापन

काठमाडौं, पुस १७ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ प्रभावकारी बनाउने योजनामा रहनुभएको जनाएको छ ।

बिज्ञापन

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताउनुभएको हो ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताउनुभयो । उहाँले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको जानकारी दिनुभयो ।

‘‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ ।,’’ प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भने पनि मन्त्रीहरुको कामलाई अघि बढाउनुपर्छ, सिङ्गो मन्त्रिपरिषदको कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुङ्गोमा पुग्छ ।’’ प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताउनुभयो ।

बिज्ञापन