राजनीति

लामो समयपछि ओली-रावल सार्वजनिक समारोहमा एकै ठाउँ देखिए

बिज्ञापन

काठमाडौं । करिब २० महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा ओली र रावल एउटै समारोहमा देखिएका हुन् ।

बिज्ञापन

०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग रावल भिडेपछि उनीहरुबीच दूरी बढेको थियो । आफूसँग अध्यक्ष लडेपछि रुष्ट बनेका ओलीले गत मंसिरमा भएको निर्वाचनमा टिकट दिएनन् ।

ओलीले आफूलाई टिकट नदिएपछि रावलले ओलीविरुद्ध चर्को आक्रोश पोखे । ओली र रावलबीच बढ्दो तिक्तत्ता अन्त्य गर्न गत चैतमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो । त्यही कार्यदलको प्रयासमा ओली र रावलबीच गत साता मात्रै लामो समयपछि भेट भएको थियो ।

भेटलाई सकारात्मक दिशमा अघि बढेपछि आज ओली र रावल सार्वजनिक कार्यक्रममा पनि सँगै देखिएका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, एमाले नेता लेखराज भट्टसहित सुदुरपश्चिमका नेताहरु पनि सहभागी थिए ।

बिज्ञापन