राष्ट्रिय समाचार

आचारसंहिता कडाइका साथ लागू गर्न सिडिओलाई गृहसचिवकाे निर्देशन

बिज्ञापन

काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिज्ञापन

उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न भनेका हुन् । आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहने उनले जनाकारी दिए । आफ्नो अधिकारको सहि प्रयोग गरि जिल्लामा हुने चुनावी गतिविधिलाई शान्त, सुरक्षित र भयरहित बनाउन सचिव सिंहले निर्देशन दिएको हो ।

सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताए । निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।

बिज्ञापन