प्रधानमन्त्री लगायतले प्रयोग गरेको हेलिकाेप्टर खर्च कसले व्यहोर्छ ? – निर्वाचन आयोग

अनुसन्धान गर्न अख्तियारलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले हेलिकाेप्टर प्रयोग गरेकोबारे निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचन प्रचारसँग सम्बन्धित गतिविधि गर्दा हेलिकाेप्टर प्रयोग भएको भन्ने सूचना आएकाले त्यसको खर्च कसले व्यहोर्ने भन्ने कुरा जानकारी गराउन पनि आयोगले भनेको छ ।

एक विज्ञप्ति जारी गर्दै आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले हेलिकाेप्टर प्रयोग गरिरहेको उजुरी आएकाे भन्दै त्यसमा लागेको खर्च सरकारी कोषबाट हुन्छ वा मन्त्री तथा अन्य पदाधिकारीबाट व्यहोर्ने गरी भएको हो सोबारे जानकारी गराउन भनेको छ ।
प्रचारप्रसारमा सरकारी स्रोतसाधन प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत भएको उल्लेख गर्दै आयोगले त्यस्तो भए नभएको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.