राजनीति

गठबन्धन रहरले बनेको होइन यो अपरिहार्य थियो, छ र रहनेछ: देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन रहरले नबनेको बताएका छन् ।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको बताएका हुन् ।

बिज्ञापन

‘यो संविधान समावेशी छ । त्यसकारण यो संविधानको हामीले रक्षा गर्नुपर्छ । संविधानलाई हामीले स्थायी शान्तिको रुपमा लिएका छौं । अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको संविधानको चर्चा हुन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘रहरले होइन आवश्यकताले बनेको गठबन्धन हो । गठबन्धन अपरिहार्य थियो, छ र रहनेछ । लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेका हौं ।’

देशभर गठबन्धनको माहोल बनेको उनले बताए । गठबन्धन छ जित्छौं भनेर ढुक्कसँग नबस्न उनले सबैलाई सचेत गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।