दाङमा आगलागी, तीन फर्निचर उद्योग जले
लोक कल्याणकारी विज्ञापन

दाङ : : घोराहीस्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ।
न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन

आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।
लक्ष्मीपूजामा बालिएको बत्ती कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
