घटना

लम्कीचुहामा तिहारको झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर एक युवकको मृत्यु 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा :  लम्कीचुहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बुधबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईको १९ वर्षीय छोरा कमल बजगाइको करेन्ट लागेर ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृतक बजगाइ घरमा तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनी बत्ती लगाउने बेला तार सर्ट भएर अचानक टिनको ढोकामा बजारिएका थिए। 

बिज्ञापन

त्यसपछि घाइते बजगाइलाई उपचारको लागि स्थानीय अस्पताल लालरत्न लम्कीमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनााएको छ। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।