राष्ट्रिय समाचार

सुर्खेत-जुम्ला सडक २१ दिनपछि सञ्चालनमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालिकोट । सुर्खेत-जुम्ला सडक खण्ड २१ दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

वर्षाका कारण असोज २० देखि ठप्प भएको सडक बिहीबार देखि पूर्ण रूपमा खुलेको हो । सडक खुलाउने क्रममा सयौं ठाउँमा गएको पहिरो र सडक कटान गरिएको थियो ।

बिज्ञापन

कालिकोटको पिलीदेखि जुम्ला सम्मको सडकमा सबैभन्दा धेरै पहिरो झरेको थियो । तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रासमेत बन्द भएको थियो । डिभिजन सडक आयोजना जुम्ला, सुर्खेतले दुवै तर्फबाट सडक मर्मतको काम एकै साथ गरेको थियो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक विभागले पनि चासोका साथ कुरा सुनेको र प्रहरी, सेनाको सहयोगले सडक सुचारु गराउन सफल भएको बताए । कालिकोट सदरमुकाम मान्मदेखि नाग्मसम्मको ४५ किलोमिटर सडकमा ६० ठाउँमा पहिरो र नदीले सडक बगाएको थियो ।

मान्म देखि दहिखोला खण्डमा पनि २० भन्दा बडी ठाउँमा पहिरो झरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।