राष्ट्रिय समाचार

निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने डा. गोविन्द केसीको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियानमा रहेको डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

डा केसीले विज्ञप्ति जारी गर्दै आयोगलाई निर्देशन फिर्ता लिनसमेत आग्रह गरेका छन् । यदि फिर्ता नभए आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

बिज्ञापन

उनले भनेका छन्, ‘आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौँ । अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं ।’

उनले आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउनेभन्दा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेकाले आरोप लगाएका छन् ।

‘नो नट अगेन’ अभियानलाई निषेध गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फौजदारी अभियोगमा सजाय गर्ने मनसाय आयोगबाट प्रकट भएको भन्दै उनले आयोगको निर्णयको आलोचना गरेका छन् ।

विज्ञप्तिमार्फत भनेका छन्, ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरुले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।