सुदूरपश्चिम प्रदेश

सीमा नाकाबाट २ युवतीहरूको उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरको बेलौरी नाकाबाट २ युवतीको उद्धार गरिएको छ । शान्ति पुर्नस्थापना गृह सम्पर्क कार्यालय बेलौरीले सीमा नाकाबाट बेदकोट नगरपालिका – ५ की १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई उद्धार गरेको हो ।

भारत जान लागेका एकैघरका दिदीबहिनीहरूलाई शङ्का लागी सोधपुछ गर्दा लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क टेलिफोन नम्बर थाहा नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको पाइएपछि उनीहरुलाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले जानकारी दिइन ।

बिज्ञापन

उनले ती युवती बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उद्धार गरिएको बताईन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।