सुदूरपश्चिम प्रदेश

दार्चुलाबाट धनगढी आउँदै गरको जिप बुढीतोलामा दुर्घटना, पाँच जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ। सोमबार दार्चुलाबाट धनगढी आउँदै गरको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

जिपमा सवार पाँच जना घाइते भएका छन्। सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अविशेक ठकुन्ना, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक  २६ वर्षीय प्रेम धामी घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।