राजनीति

कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन सक्दैनन् : राजेन्द्र लिङदेन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दाबी गरेका छन् ।

शनिवार राप्रपा सुनवल नगर कमिटीले रुपन्देहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र माओवादीलाई भोट दिए पुरानै संरचनामा खेल्ने मौका पाउने र देशमा परिवर्तन नहुने बताए ।

बिज्ञापन

गलत पार्टी र गलत व्यक्तिलाई मत दिन नहुने भन्दै उनले यदि गलत पार्टी र व्यक्तिले मत पाए देश र समाजले दुख पाउने भएकाले राम्रो पार्टी र व्यक्तिलाई छानेर मात्र भोट दिन पनि आग्रह गरे । अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचन देश र नेपाली जनताको भविष्यसगँ जोडिएकाले सामान्य ढङ्गले हेर्न नहुने तर्क गरे ।

उनले तीन दशकदेखि केही सीमित राजनीतिक पार्टी र व्यक्तिले देश कब्जा गरेर राखेको बताउँदै देशको विकास र सम्वृद्धिको बाटोमा लैजान त्यो निर्वाचनमा राप्रपालाई भोट दिएर सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले देशमा उद्योग धन्दा स्थापना गर्नुको साटो भएका उद्योगधन्दा समेत बेचेर खानेहरूलाई यस पटक पाखा लगाउनुपर्ने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।