राजनीति

जसपाको आश्वासन- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, ‘एक घर, एक रोजगारी’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने बताएको छ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै विकासका सबै क्षेत्रहरूको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम– संस्कृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरेको हो।

बिज्ञापन

घोषणापत्रमा लेखिएको छ- नागरिकहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्न एक परिवार एक रोजगारको नीति अवलम्बन गर्ने र वैदेशिक रोजगारमा जानुअघि कामदारलाई आवश्यक सीपमूलक तालिम दिने व्यवस्था गर्छौँ।

देशको युवा श्रम शक्ति रोजगारीका लागि विदेश पलायन हुनुपर्ने स्थितिको अन्त्य गर्न देशभित्र उत्पादनका क्रियाकलापहरू वृद्धि गर्ने उल्लेख गरेको छ। देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैङ्कको स्थापना र शिक्षित बेरोजगारहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन दिएको छ।

वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र व्यवसाय गर्न प्रोत्साहित गर्ने र प्राप्त विप्रेषणको रकमलाई देशको औद्योगिक विकासमा लगानी गर्ने उल्लेख गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।