घटना

ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ। बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्।

राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।

बिज्ञापन

राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।