मेरो हत्याको षड्यन्त्र दुई महिनाअघि नै गरिएको थियो : इमरान खान

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भइसकेपछि एक अन्तरवार्तामा पूर्वप्रधानमन्त्री खानले आफ्नो खुट्टाबाट तीनवटा गोली निकालिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले । बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए ।’ केहि दिनअघि एक राजनीतिक र्यालीमा खानमाथि गोली प्रहार भएको थियाे ।
आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि गरिएको उनले दाबी गरे । आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए । ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ । मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
