विश्वकपको मुखैमा मेसी घाइते

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्। विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ।
उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको मेसी आवद्ध फ्रान्सेली क्लब पेरी-सेन्ट-जर्मन (पीएसजी)ले जनाएको छ। ‘लिओ मेसीको पिँडुला सुन्निएकाले उनलाई सावधानी अपनाउन भनिएको छ। उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीको वक्तव्यमा उल्लेख छ।
मेसीले यो विश्वकप अर्जेन्टिनाका लागि ट्रफी भित्र्याउने अन्तिम मौका रहेको बताइसकेका छन्। उनी घाइते भएको खबरले अर्जेन्टिनाका समर्थकमा निरासा छाएको छ।

यद्यपी आगामी साताबाट मेसी सामुहिक तालिममा सहभागी हुने अपेक्षा गरिएको पीएसजीले जनाएको छ।‘मेसी आगामी साताबाट सामुहिक तालिममा सहभागी हुनसक्ने अपेक्षा छ,’ वक्तव्यमा भनिएको छ।
अर्जेन्टिनाका भरोसा मेसी अहिले लयमै देखिन्छन्। गत वर्ष बार्सिलोना छोडेर पीएसजी भित्रिएका मेसीले क्लबका लागि व्यक्तिगत १२ गोल गरेका छन् भने १४ वटा गोले उनको सहयोगमा भएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
