राजनीति

प्रचण्डले आज कर्णालीका चुनावी सभालाई सम्बोधन गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

उनले आज मंगलबार कर्णालीका जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बिज्ञापन


मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरू चुनावी प्रचार-प्रसारमा व्यस्त रहेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आज चुनावी प्रचारका लागि सुदूरपश्चिममा नै छन् ।

उनले आज त्यहाँका बागी उम्मेदवारलाई फकाउने तथा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।