भूकम्पबाट भएको जनधनको क्षतिप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटीमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सम्वेदना प्रकट गरेका हुन् ।

उनले लेखेका छन्,‘दुःखद् खबर-हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६।६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका- ३ गैरागाउमा ६ जनाको मृत्यु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
